सङ्घीय संसद्को चालु अधिवेशन असोज १६ गते अन्त्य गर्न सिफारिस
15 घन्टा पहिले प्रकाशित
काठमाडौं, असोज १५ गते । सरकारले सङ्घीय संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो। संविधानअनुसार सङ्घीय संसद्को अधिवेशन आह्वान तथा अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ।
सङ्घीय संसद्को चालु अधिवेशन गत वैशाख २८ गतेदेखि सुरु भएको थियो। यस अवधिमा सरकारको नीति तथा कार्यक्रम, वार्षिक बजेट तथा विभिन्न विधेयक पारित भएका छन्। वैकल्पिक वित्त परिचालन विधेयक, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयक र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयकसमेत पारित तथा प्रमाणीकरण भएका छन्। प्रतिनिधिसभामा भने १० भन्दा बढी विधेयक विभिन्न चरणमा संसदीय समितिमा विचाराधीन रहेको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments