छठ पर्वमाथि टिप्पणी गरेको भन्दै भरत जंगमविरुद्ध साइबर ब्युरोमा उजुरी
4 मिनट पहिले प्रकाशित
जनकपुरधाम, मंसिर ३ गते । छठ पर्व र मधेशी समुदायप्रति सामाजिक अभियन्ता भरत जंगमले दिएको अभिव्यक्तिलाई लिएर जन अधिकार पार्टीका राष्ट्रिय अध्यक्ष डा. शरदसिंह यादवले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको छ। जंगमले आफ्नो युट्युबमार्फत छठ पर्व र मधेशी समुदायलाई लक्षित गरी दिएको अभिव्यक्तिले धार्मिक तथा सामुदायिक भावनामा चोट पुर्याएको यादवको आरोप छ। उहाँले उक्त अभिव्यक्तिको छानबिन गरी प्रचलित कानुनअनुसार कारबाही गर्न माग गर्नुभएको छ।
साइबर ब्युरो पुगेपछि सञ्चारमाध्यमसँग कुरा गर्दै अध्यक्ष यादवले जंगमको अभिव्यक्तिले मधेशमा बसोबास गर्ने नागरिकको पहिचान र सम्मानमाथि प्रश्न उठाएको बताउनुभयो। उहाँले मधेशी समुदायलाई बिहारीका रूपमा चित्रण गरिएको अभिव्यक्तिले छठ पर्व मनाउने प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको परिवारलाई समेत संकेत गरेको हुन सक्ने दाबी गर्नुभयो। यस्ता अभिव्यक्तिबारे साइबर ब्युरोले अनुसन्धान गरी सम्बन्धित व्यक्तिलाई बोलाएर कानुनी प्रक्रिया अघि बढाउनुपर्ने उहाँको माग छ।
कमेन्ट गर्नुहोस्
view comments