वडा सदस्यका छोराद्वारा खुकुरी प्रहार, हतियार बरामद, अभियुक्त फरार
14 घन्टा पहिले प्रकाशित
धिरेश दत्त
जनकपुरधाम, मंसिर ४ गते । धनुषाको मिथिला नगरपालिकामा एक युवकमाथि खुकुरी प्रहार भएको छ । मिथिला नगरपालिकाकी वडा सदस्य ईन्द्रकला देवी र हरि महतोका छोरा राहुल महतो र भाइ मनिष महतोले आपसी रिसइबीका कारण अमित कुमार महतोमाथि खुकुरी प्रहार गरेका हुन् ।
बिहीबार मिथिला नगरपालिका–५ श्रीपुरस्थित वडा अध्यक्ष रामचन्द्र महतोकै अगाडि उक्त घटना भएको बताइएको छ । पुरानो आपसी रन्जिशका कारण ज्यान मार्ने उद्देश्यले राहुल र मनिषले अमितमाथि खुकुरी प्रहार गर्न गएको पीडित पक्षको आरोप छ ।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट आक्रमणमा प्रयोग गरिएको खुकुरी बरामद गरेको छ । घटनापछि दुवै अभियुक्त फरार रहेका छन् भने प्रहरीले उनीहरूको खोजी कार्य तीव्र पारेको जनाएको छ ।
उक्त घटनाका सम्बन्धमा पीडित पक्षले ईलाका प्रहरी कार्यालय ढल्केवरमा किटानी जाहेरी दर्ता गराएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र फरार अभियुक्तहरूको खोजी भइरहेको जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
view comments