बाढी प्रभावित क्षेत्रको राहत र पुनःस्थापनाबारे मन्त्रिपरिषद् बैठक बस्दै
2 घन्टा पहिले प्रकाशित
काठमाडौं,भदौ २५ गते । बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
प्रधानमन्त्री कार्यालयका अनुसार भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा प्रभावितको पुनःस्थापनामा निरन्तर काम गरिरहेको छ। बैठकले बाढी प्रभावित क्षेत्रको अवस्था र राहत तथा पुनःस्थापनाका लागि आवश्यक थप निर्णय गर्ने जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments