प्रचण्डको प्रश्न– ‘जेनजीले खोजेको परिवर्तन कहाँ पुग्यो?’

2 घन्टा पहिले प्रकाशित

काठमाडौँ, भाद्र २४ गते ।  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी र अवसरको मागसहित भएको जेनजी आन्दोलनले उठाएका अपेक्षा अहिले कहाँ पुगे भन्दै सरकारसँग प्रश्न गरेका छन्। आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै उनले आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट र विध्वंसको निष्पक्ष तथा तथ्यमा आधारित छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि सरकारसँग आग्रह गरेका छन्। महँगी, आर्थिक शिथिलता, बेरोजगारी, युवाको विदेश पलायन र सार्वजनिक सेवामा देखिएका कमजोरीप्रति प्रश्न उठाउँदै उनले संविधानका उपलब्धि कमजोर पार्ने प्रयासको प्रतिवाद गर्ने बताएका छन्। लोकतन्त्रका कमजोरीको समाधान लोकतन्त्र समाप्त गर्नु नभई त्यसलाई अझ उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनु भएको उल्लेख गर्दै उनले शान्ति, संविधान र लोकतन्त्र पक्षधर शक्तिलाई एकताबद्ध हुन अपिल गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?