माथिल्लो त्रिशूली–१ सुरुङमा थप दुई शव फेला
2 घन्टा पहिले प्रकाशित
काठमाडौं, भाद्र २२ गते । निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङभित्र खोजी तथा उद्धारका क्रममा आइतबार थप दुईवटा शव फेला परेका छन्। लगातार भइरहेको खोजीका क्रममा फेला परेका दुवै शव सुरुङबाट बाहिर निकालिएको आयोजनाले जनाएको छ। यसअघि शनिबार सुरुङको डिसेन्डर बेसिनको डाउनसाइटबाट दुईवटा शव निकालिएको थियो भने एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको थियो। आयोजनास्थलमा बिहीबार एउटा खुट्टासहितको शव फेला परेको थियो भने शुक्रबार थप ६ जनाको शव भेटिएको थियो। हालसम्म फेला परेका शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले सनाखत हुन सकेको छैन।
सुरुङभित्र अझै करिब ३०० जना मानिस फसेको हुन सक्ने आशंका गरिएको छ। सुरुङभित्रको जटिल तथा जोखिमपूर्ण अवस्थाका कारण खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको आयोजनाले जनाएको छ। उद्धारका लागि नेपाली सेनासहित कोरियाली टोली, शेर्पा उद्धारकर्ता, खोजी ड्रोन टोली, विशेष तालिमप्राप्त कुकुर तथा अत्याधुनिक क्यामरा परिचालन गरिएको छ। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments