चितवनमा बाढीपछि फेला परेका ३६२ शवमध्ये १४ को सनाखत
2 घन्टा पहिले प्रकाशित
काठमाडौं, भाद्र २१ गते । रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवको व्यवस्थापन तथा पहिचान प्रक्रिया जारी छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म ३६२ शव फेला परेकामा ३३३ शवको व्यवस्थापन गरिएको छ भने १४ शवको सनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ।
शवको वैज्ञानिक पहिचानका लागि भदौ १६ गतेदेखि सुरु गरिएको डिएनए नमूना सङ्कलनअन्तर्गत भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका ६८ जना आफन्तको नमूना सङ्कलन गरिएको यादवले जानकारी दिए। उनका अनुसार हराइरहेका व्यक्तिको विवरण सङ्कलन, शवको पहिचानका लागि डिएनए परीक्षण, खोजी तथा सम्बन्धित निकायबीचको समन्वयको काम अझै जारी छ।
कमेन्ट गर्नुहोस्
view comments