पहिरोका कारण बुलेट रोकिएपछि ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

2 घन्टा पहिले प्रकाशित

काठमाडौं,भदौ २५ गते । कृष्णभिरमा पहिरोका कारण ग्यास बोकेका बुलेट काठमाडौँ जान नसकेपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर उपत्यका पठाइएको छ। नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार चितवन, धनुषा, बारा, पर्सा, मकवानपुर, नवलपुर र नवलपरासीलगायत जिल्लाका उद्योगबाट बुधबार ग्यास सिलिन्डर भरेर काठमाडौँ पठाइएको हो।

उद्योगहरूले विभिन्न कम्पनीका ग्यास सिलिन्डर भरेर पठाएका छन्। चितवनका उद्योगबाट मात्रै नेपाल, गीता, एपी, श्रीकृष्ण र साइबाबालगायत कम्पनीका हजारौँ सिलिन्डर पठाइएको छ भने मकवानपुरको सहारा उद्योगबाट ७ हजार ८७७, चितवनको बाबा ग्यास उद्योगबाट ८ हजार ७१६ र नेपाल ग्यास उद्योग गण्डकीबाट ७ हजार ३४८ सिलिन्डर पठाइएको जनाइएको छ। उपत्यकामा ग्यासको अभाव हुन नदिन बुलेटमार्फत ढुवानी सम्भव नभएपछि सिलिन्डरमार्फत आपूर्ति गरिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?