राजपाल यादवलाई सर्वोच्चको अन्तरिम राहत, बुधबारसम्म ५ करोड बुझाउनुपर्ने

2 घन्टा पहिले प्रकाशित

एजेन्सी, भाद्र २४ गते । चेक बाउन्स मुद्दामा अभिनेता राजपाल यादवलाई भारतको सर्वोच्च अदालतले तत्काल आत्मसमर्पण गर्नुपर्ने अवस्थाबाट अन्तरिम राहत दिएको छ। तर राहतका लागि उनले बुधबारसम्म अदालतको रजिस्ट्रीमा ५ करोड भारतीय रुपैयाँ जम्मा गर्नुपर्ने शर्त राखिएको छ। मुख्य न्यायाधीश सूर्यकान्तसहितको इजलासले राजपाल यादव र उनकी पत्नी राधा यादवले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

यसअघि दिल्ली उच्च अदालतले चेक बाउन्ससम्बन्धी सातवटा मुद्दामा राजपाल यादवलाई दोषी ठहर गर्दै प्रत्येक मुद्दामा तीन महिनाको साधारण कैद सजाय कायम गरेको थियो। अदालतले सम्बन्धित उजुरीकर्तालाई प्रत्येक मुद्दामा १ करोड ५ लाख रुपैयाँ तिर्न पनि आदेश दिएको थियो। सर्वोच्च अदालतले निवेदनमा सूचना जारी गर्दै अर्को सुनुवाइ आगामी १५ सेप्टेम्बरका लागि तोकेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?