आगामी तीन दिन नदीमा बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह

2 घन्टा पहिले प्रकाशित

काठमाडौँ, भाद्र २४ गते ।  बाढी पूर्वानुमान महाशाखाले देशका मुख्य तथा सहायक नदीमा आगामी तीन दिन जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै सतर्क रहन आग्रह गरेको छ। कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, कन्काई, कमला, बबई तथा राप्ती नदी र तिनका सहायक नदीमा बहाव बढ्ने अनुमान गरिएको छ। आज बिहानसम्म भने अधिकांश नदीको बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज विभिन्न पहाडी जिल्लाका स–साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। भोलि र पर्सि सातै प्रदेशका केही स–साना नदीमा समेत बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले नदी तथा खोलानाला आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?