कश्मीरमा ‘वन्दे मातरम्’को पूर्ण गायनले कांग्रेस–भाजपा विवाद चर्कियो

2 घन्टा पहिले प्रकाशित

एजेन्सी, भाद्र २४ गते ।  जम्मु–कश्मीरमा पहिलो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटनमा ‘वन्दे मातरम्’को पूर्ण संस्करण गाइएपछि कांग्रेस र भारतीय जनता पार्टीबीच राजनीतिक विवाद चर्किएको छ। कार्यक्रममा मुख्यमन्त्री उमर अब्दुल्ला र नेसनल कन्फरेन्सका अध्यक्ष फारुक अब्दुल्लासहितका नेताहरू करिब ३ मिनेट १० सेकेन्डसम्म सम्मानमा उभिएका थिए। कांग्रेस महासचिव केसी वेणुगोपालले पूर्ण संस्करणको सट्टा परम्परागत रूपमा गाइँदै आएको दुई अन्तरा मात्र गाउनुपर्ने धारणा राखेका छन्।

कांग्रेसले पूर्ण संस्करण बहुलवादी र समावेशी भावनासँग मेल नखाने तर्क गरेको छ। त्यसको जवाफमा भाजपा नेता सुधांशु त्रिवेदीले कांग्रेसको आपत्ति आपत्तिजनक भएको दाबी गर्दै आलोचना गरेका छन्। उनले नेसनल कन्फरेन्स र अन्य सहयोगी दलहरू पूर्ण ‘वन्दे मातरम्’ गायनमा सहभागी भइरहँदा कांग्रेसले मात्रै विरोध गरेको भन्दै कांग्रेसको राजनीतिक दृष्टिकोणमाथि प्रश्न उठाएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?