बिहार विधानसभा निर्वाचनका कारण महोत्तरीमा सीमा नाका तीन दिनका लागि बन्द

24 दिन पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २१ गते । नेपाल–भारत सीमा नाकाहरूमा बिहार विधानसभा चुनावका कारण आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको सूचना अनुसार मिति २०८२ कार्तिक २२ गते (नोभेम्बर ८, २०२५) बेलुका ६ बजे देखि कार्तिक २५ गते (नोभेम्बर ११, २०२५) बेलुका ६ बजे सम्म मानवीय तथा आकस्मिक सेवाबाहेक सबै प्रकारको आवागमन रोकिने छ। यो निर्णय बिहार राज्यमा दोस्रो चरणको विधानसभा निर्वाचनका कारण शान्ति सुरक्षा व्यवस्थापनका लागि लिइएको हो। सीमावर्ती क्षेत्रका बासिन्दा र यात्रुहरूले यो अवधिमा आवश्यक तयारी गर्न आग्रह गरिएको छ।

प्रमुख जिल्ला अधिकारी सञ्जय कुमार पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार यो बन्दका कारण व्यापारिक, पर्यटकीय वा सामान्य यात्रा प्रभावित हुनेछ, तर स्वास्थ्य, आपत्कालीन उद्धार र अन्य मानवीय सेवाहरू सञ्चालनमा रहनेछन्। जिल्ला प्रशासनले सीमा क्षेत्रका सुरक्षा निकायहरूसँग समन्वय गरी निगरानी बढाउने जनाएको छ। यसअघि पहिलो चरणमा पनि यस्तै बन्दीका कारण स्थानीय व्यापारी र यात्रुहरूले असुविधा भोग्नुपरेको थियो। प्रशासनले सबै सरोकारवालालाई सूचना जानकारीको लागि अनुरोध गर्दै सीमा क्षेत्रमा सतर्कता अपनाउन आह्वान गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?