मधेश सरकारले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण
12 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भाद्र ८ गते । मधेश प्रदेश सरकारले प्रदेशको शान्तिसुरक्षा थप चुस्त–दुरुस्त बनाउने उद्देश्यले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण गरेको छ। प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले खरिद गरेका ती सवारीसाधन सोमबार मन्त्रालयका मन्त्री फकिरा महतोले नेपाल प्रहरीलाई हस्तान्तरण गर्नुभएको हो।
मन्त्री महतोका अनुसार आठ वटा जिल्ला प्रहरी कार्यालय र चार वटा इलाका प्रहरी कार्यालयलाई सवारीसाधन उपलब्ध गराइएको छ। इलाका प्रहरी कार्यालयतर्फ चन्द्रपुर, गरुडा, गोडैता र गडहियालाई गाडी प्रदान गरिएको हो। प्रदेश सरकारले प्रतिगाडी भ्याटसहित ३९ लाख ५ हजार रुपैयाँका दरले गाडी खरिद गरेको जनाएको छ। हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव विन्देश्वरीप्रसाद लेखक, मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्
view comments