राजेन्द्र महतोले झापादेखि कञ्चनपुरसम्म तीन महिने पैदल यात्रा गर्ने
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भाद्र २१ गते । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले झापादेखि कञ्चनपुरसम्म हुलाकी राजमार्ग हुँदै तीन महिने पैदल यात्रा गर्ने भएका छन्। पार्टीका महासचिव सन्तोष मेहताका अनुसार यात्राको तयारी भइरहेको छ र सम्भवतः चाडपर्व सकिएलगत्तै यात्रा सुरु हुनेछ। यात्राको उद्देश्य राजनीतिक भेटघाटसँगै पर्यावरण संरक्षण र जनतासँग प्रत्यक्ष संवाद गर्नु रहेको उनले बताए।
यात्राका क्रममा महतोले विभिन्न स्थानमा वृक्षारोपण गर्ने योजना बनाएका छन्। जलवायु परिवर्तनका कारण विश्व नै संकटमा परिरहेका बेला पर्यावरण संरक्षणको सन्देश दिन वृक्षारोपण गरिने महासचिव मेहताले बताए। यात्राका क्रममा जनतासँग राजनीतिको आगामी कार्यदिशाबारे राय–सुझाव लिने, संगठन विस्तार गर्ने तथा बदलिँदो परिस्थितिअनुसार फरक ढंगले राजनीति अघि बढाउने विषयमा छलफल गरिने उनले जानकारी दिए।
कमेन्ट गर्नुहोस्
view comments