महन्थ ठाकुरको पेसमेकर सफलतापूर्वक प्रतिस्थापन, स्वास्थ्य सामान्य

1 घन्टा पहिले प्रकाशित

काठमाडौं, भाद्र २१ गते ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक तथा राष्ट्रिय सभा सदस्य महन्थ ठाकुर अस्वस्थ भएपछि काठमाडौँस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत छन्। मुटुको पेसमेकरमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाका अनुसार शनिबार ठाकुरको पेसमेकर सफलतापूर्वक प्रतिस्थापन गरिएको छ। यसअघि भारतको अस्पतालमा पेसमेकर जडान गरिएका ठाकुरको उपचार सफल भएको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?