बाढीमा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख दिने निर्णय
1 घन्टा पहिले प्रकाशित
काठमाडौं, भाद्र २१ गते । सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। साथै, बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई राहतस्वरूप २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ।
एपीएफ नेपालका अनुसार बाढीमा मृत्यु भएका कर्मचारीले कल्याणकारी कोषबाट लिएको र तिर्न बाँकी सम्पूर्ण ऋणसमेत मिनाहा गरिनेछ। त्यस्तै, मृतक कर्मचारीका सन्ततिलाई पायक पर्ने एपीएफका विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्दा लाग्ने शैक्षिक शुल्क छुट दिने निर्णय गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments