युएईका उपप्रधानमन्त्री शेख नाह्यान दुईदिने नेपाल भ्रमणमा काठमाडौंमा
4 महीना पहिले प्रकाशित

काठमाडौं, वैशाख १० गते । संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान दुईदिने औपचारिक भ्रमणका लागि मंगलबार साँझ काठमाडौं आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई तथा अन्य वरिष्ठ अधिकारीहरूले उनको स्वागत गरेका थिए।
नेपालमा रहँदा उपप्रधानमन्त्री नाह्यानले उच्चस्तरीय राजनीतिक भेटघाटका साथै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनको टोलीमा युएईका विभिन्न मन्त्रालयका सहायकमन्त्री, राज्यमन्त्री र नेपालका लागि युएईका राजदूतसमेत रहेका छन्। भ्रमण सम्पन्न गरी उनीहरूले आजै अपराह्न युएई फर्कने कार्यक्रम रहेको छ।
कमेन्ट गर्नुहोस्
view comments