एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर बोल्ट्सले कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्ने

1 घन्टा पहिले प्रकाशित

काठमाडौं,कार्तिक १० गते ।  राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर र कुशल मल्लको नेतृत्वमा रहेको चितवन दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। हर्मित सिंहको कप्तानीमा रहेको जनकपुरले सोमपाल कामीको नेतृत्वमा रहेको कर्णालीको सामना गर्नेछ। प्रतियोगिताको उद्घाटन खेलमा सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो। कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् भने फाइनल खेल मंसिर ५ गते हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?