एनपीएल सुरु हुँदै गर्दा प्रधानमन्त्री वालेन्द्र शाहले दिए नेपाली क्रिकेटलाई शुभकामना
1 घन्टा पहिले प्रकाशित
काठमाडौं, कार्तिक ९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेट टोली, खेलाडी तथा आयोजकलाई शुभकामना दिएका छन्। उनले एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा स्थापित हुन सफल भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई स्वागत गरेका छन्। प्रधानमन्त्री शाहले नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिँदै नेपाली क्रिकेटको निरन्तर प्रगतिको कामना गरेका छन्।
एनपीएलको उद्घाटन खेलमा सोमबार साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुने तालिका छ। आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
कमेन्ट गर्नुहोस्
view comments