कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई कात्तिक १२ मा शपथ गराउने तयारी
1 घन्टा पहिले प्रकाशित
काठमाडौं , कार्तिक ८ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी गरिएको छ। निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालका अनुसार सभापति गगन थापाबाहेकका पदाधिकारी तथा सदस्यलाई शपथ गराउने र निर्वाचित भएको प्रमाणपत्र उपलब्ध गराउने तयारी भइरहेको हो। थापाले असोज ३१ गते नै शपथ लिइसकेका छन् भने अन्य २३० जनाले शपथ लिन र प्रमाणपत्र प्राप्त गर्न बाँकी छ।
असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनबाट कांग्रेसको २३१ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो। यद्यपि, प्रस्तावित कार्यक्रमको मिति र समय औपचारिक रूपमा टुंगिन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ। वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्मा विदेशमा रहेकाले कार्यक्रमको समय निर्धारणमा ढिलाइ भएको कटुवालले बताएका छन्। शर्मा स्वदेश फर्किएपछि शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको अन्तिम समय तय गरिने तयारी छ।
कमेन्ट गर्नुहोस्
view comments