राष्ट्रिय पुरस्कार जितेका अभिनेता सञ्जय मिश्राको गाउँमा सादगीपूर्ण बसाइ, लुंगी र टी–सर्टमै चौतारीमा गफिँदै

2 घन्टा पहिले प्रकाशित

एजेन्सी, कार्तिक ९ गते ।  भारतीय चलचित्रका चर्चित हास्य अभिनेता सञ्जय मिश्रा आफ्नो पैतृक गाउँ पुगेका छन्। हालै चलचित्र ‘भक्षक’का लागि ७२औँ राष्ट्रिय चलचित्र पुरस्कारअन्तर्गत सर्वश्रेष्ठ सहायक अभिनेताको सम्मान प्राप्त गरेका मिश्रा बिहारको दरभंगा जिल्लास्थित मनीगाछी प्रखण्डको नारायणपुर गाउँ पुगेका हुन्। गाउँ पुगेपछि उनी कुनै तामझामबिना सामान्य लुंगी र टी–सर्टमा घरको दलानमा आफन्त, ज्येष्ठ नागरिक र बालबालिकासँग समय बिताउँदै गरेको देखिए। बाल्यकालमा ‘घुटन’ उपनामले चिनिने मिश्रालाई गाउँले र प्रशंसकले आत्मीय स्वागत गरेका थिए।

चलचित्र क्षेत्रमा सफलता हासिल गरे पनि आफ्नो गाउँ र माटोसँगको सम्बन्ध कायम राख्दै आएका मिश्राले घर पुगेर परिवारका सदस्य, चाची तथा छिमेकीसँग भेटघाट गरे। उनी गाउँ आएको खबर फैलिएपछि स्थानीयवासी र प्रशंसक उनीसँग तस्बिर खिचाउन भेला भएका थिए। मिथिला क्षेत्रसँग गहिरो सम्बन्ध राख्ने मिश्राको सरल व्यवहार र गाउँप्रतिको आत्मीयताले स्थानीयवासीको ध्यान खिचेको छ। राष्ट्रियस्तरको सम्मान प्राप्त गरेपछि पनि आफ्नो जरा र पुरानो परिवेशसँग जोडिएर बस्ने उनको शैलीलाई गाउँलेले प्रशंसा गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?