एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

59 मिनट पहिले प्रकाशित

काठमाडौं, कार्तिक ११ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ। पोखराका लागि यस सिजनको यो पहिलो खेल हो। गत संस्करणमा ६ अंकसहित पाँचौँ स्थानमा प्रतियोगिता टुंग्याएको पोखरा यसपटक जितसहित अभियान सुरु गर्ने लक्ष्यमा छ।

लगातार दुई संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स भने यस सिजन पहिलो जितको खोजीमा मैदान उत्रनेछ। टोलीले गत कात्तिक ९ गते भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटको हार बेहोरेको थियो। त्यसैले आजको खेल जित्दै अंकतालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्य सुदूरपश्चिमको हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?