जम्मु–कश्मीर आतंकवादी हमलामा ज्यान गुमाउने नेपाली युवकको पहिचान खुल्यो
4 महीना पहिले प्रकाशित

काठमाडौं, वैशाख १० गते । भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएका नेपाली युवक बुटवल उपमहानगरपालिका–१४ का सुदीप न्यौपाने रहेको पुष्टि भएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावास स्रोतका अनुसार घटनास्थलमा भेटिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) मार्फत उनको पहिचान खुल्न पुगेको हो।
सुदीप शनिबार आमा, दिदी र भिनाजुसँगै पर्यटकीय भ्रमणका लागि जम्मु–कश्मीर गएका थिए। मंगलबार पहलगामस्थित पर्यटकीय क्षेत्रमा आतंकवादी समूहद्वारा भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो, जसमा सुदीप पनि परेका थिए। नेपाली पक्षले घटनाबारे थप जानकारी संकलन गर्दै परिवारलाई आवश्यक सहयोग गर्ने जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments