भारतीय मन्त्री मनोहरलाल खट्टरले मुक्तिनाथमा गरे पूजाअर्चना

4 महीना पहिले प्रकाशित

काठमाडौं, वैशाख १० गते । भारतीय विद्युत तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान नेपालको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन्। खट्टरसँगै नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि धार्मिक अनुष्ठानमा सहभागिता जनाएका थिए।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार, दुई देशका मन्त्रीहरूका साथ नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसहित १६ सदस्यीय टोली मुस्ताङ पुगेको हो। टोलीलाई मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले परम्परागत विधिअनुसार टीका र प्रसाद प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?