पाथिभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु, दुई घाइते
1 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख ८ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित सेवारो चोक नजिक पाथिभरा मन्दिरतर्फ जाँदै गरेको जिपमा विद्युतको तार खस्दा चार जनाको मृत्यु भएको छ। सोमबार बिहान करिब ५ बजे उक्त घटना भएको हो।
जिपमा करेन्ट लाग्दा चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको ताप्लेजुङ प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर विवेक बस्नेतले जानकारी दिए। मृत्यु हुनेमध्ये हालसम्म जिप चालक दुर्गा भट्टराईको मात्रै पहिचान खुलेको छ। बाँकी मृतकहरूको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनामा अन्य दुई जना यात्रु घाइते भएका छन्। घाइतेहरूको उपचारका लागि नजिकको अस्पताल पठाइएको छ।
प्रहरी घटनास्थलमा परिचालित भइसकेको छ भने थप विवरण संकलनको काम जारी रहेको इन्स्पेक्टर बस्नेतले बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments