"राप्रपाका युवा मोर्चा अध्यक्ष कैलाश कटुवाल सिंहदरबार परिसरबाट पक्राउ"

4 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा मोर्चा अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले आइतबार सिंहदरबार परिसरबाट पक्राउ गरेको छ। डीएसपी हरि खतिवडाको नेतृत्वमा गएको प्रहरी टोलीले सुरक्षा घेराबन्दी गर्दै कटुवाललाई नियन्त्रणमा लिएको हो। उनी प्रदेश–१–०२७ च ९८६२ नम्बरको सवारीसाधनमा सवार थिए, जुन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

पक्राउको कारण भने औपचारिक रूपमा खुलाइएको छैन। सिंहदरबार जस्तो उच्च सुरक्षा क्षेत्रभित्रैबाट विपक्षी दलका युवा नेता पक्राउ परेपछि घटनाले राजनीतिक तातो बहस सुरु गराएको छ। राप्रपाले यस घटनालाई लिएर विरोध जनाउने तयारी गरिरहेको जनाइएको छ भने प्रहरी प्रशासनले अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?