शिक्षा ऐनको मागमा आन्दोलन जारी, शिक्षक र सरकारबीच आज पुनः वार्ता

4 महीना पहिले प्रकाशित

काठमाडौं, चैत ३१ गते ।  शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षक र कर्मचारीका प्रतिनिधिहरू तथा सरकार पक्षबीच आज (आइतबार) पनि वार्ता हुने भएको छ। शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच बिहीवारदेखि सुरु भएको संवाद शनिबार साँझसम्म पनि जारी रहँदा सहमति जुट्न नसकेको हो।

देशभरका शिक्षकहरू चैत २० गतेदेखि काठमाडौंमा भेला भएर शैक्षिक हड्ताल सहित आन्दोलनरत छन्। उनीहरूले नयाँ शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने माग अघि सारेका छन्। आन्दोलनका कारण देशभरका विद्यालयहरूको शैक्षिक गतिविधि प्रभावित भइरहेका छन्। वार्ताबाट निष्कर्ष ननिस्कँदासम्म आन्दोलन जारी रहने शिक्षक महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?