भोजपुरमा ट्रयाक्टर दुर्घटना, वडा सदस्यसहित दुई जनाको मृत्यु

4 महीना पहिले प्रकाशित

काठमाडौं, चैत ३१ गते । भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल बोकेर गइरहेको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। प्रदेश १–०२–००३ त ११२४ नम्बरको उक्त ट्रयाक्टर अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार मृतकहरूमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र ५५ वर्षीय भक्तबहादुर थापा रहेका छन्। घटनापछि प्रहरीले आवश्यक अनुसन्धान सुरू गरेको छ भने दुर्घटनाको कारण अझै खुल्न बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?