तीनकुने हिंसा प्रकरणमा दुर्गा प्रसाईं र अंगरक्षक पक्राउ, अनुसन्धानका लागि काठमाडौं ल्याइँदै
8 दिन पहिले प्रकाशित

काठमाडौं, चैत २९ गते । प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक तथा चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। उनीसँगै उनका अंगरक्षक दीपक खड्का पनि पक्राउ परेका छन्। प्रहरी प्रवक्ता डिआइजी दिनेश कुमार आचार्यका अनुसार दुबै जनालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै छ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको र राज्यविरुद्धको गतिविधि तथा संगठित अपराधसम्बन्धी अभियोगमा फरार रहेका दुबैजनालाई पक्राउ गरिएको हो। घटनापछि प्रसाईं भारततर्फ भागेका थिए भने प्रहरीले पछिल्लो अनुसन्धानपछि उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments