वरिष्ठ पत्रकार भैरव रिसालको निधनमा प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली, "फागुन २१ को भेट अन्तिम बन्यो"
10 दिन पहिले प्रकाशित

काठमाडौं, चैत २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले दिवङ्गत रिसालप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका हुन्।
प्रधानमन्त्री ओलीले फागुन २१ गते दिवङ्गत रिसालसँग भएको भेटलाई स्मरण गर्दै त्यही भेट अन्तिम हुन पुगेको उल्लेख गरेका छन्। उनले रिसालको ९६औँ जन्मदिनको अवसरमा भएको उक्त भेटको तस्बिरसहित पोस्ट गर्दै, “उहाँको निधनको खबरले मर्माहत बनाएको छ,” भन्दै भावुक श्रद्धाञ्जली व्यक्त गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments