सुरक्षा चासोका कारण भृकुटीमण्डपमा सभा रोक, राप्रपाको सभा अब बल्खुमा हुने

10 दिन पहिले प्रकाशित

काठमाडौं, चैत २५ गते ।काठमाडौं जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई भृकुटीमण्डपमा आयोजना गर्न लागेको सभा रोक लगाएको छ। राप्रपाले चैत २२ गते प्रशासन कार्यालयलाई इमेलमार्फत् सभा सम्बन्धी जानकारी दिएपनि, सुरक्षा संवेदनशीलता बढेकाले जिल्ला सुरक्षा समितिको बैठकले भृकुटीमण्डप उपयुक्त स्थान नभएको निष्कर्ष निकालेको हो।

जिल्ला प्रशासनले राप्रपालाई बल्खु वा सिफल क्षेत्र विकल्पस्वरूप सुझाएको थियो, जसअनुसार राप्रपाले बल्खुमा सभा गर्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार मंगलबारको उक्त सभामा अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। सोही दिन राष्ट्रिय जनमोर्चाको कार्यक्रम र शिक्षकहरूको आन्दोलन पनि तय भएकाले सुरक्षा व्यवस्थाका दृष्टिले यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले जानकारी दिएका छन्।

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?