तीनकुने घटनाको छानबिन गर्न पत्रकार महासंघद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

2 दिन पहिले प्रकाशित

काठमाडौं, चैत १८ गते ।  नेपाल पत्रकार महासंघको टोलीले तीनकुने घटनामा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई लक्षित हिंसात्मक गतिविधिको छानबिन गर्दै दोषीमाथि कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालसहित आठ सदस्यीय टोलीले चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा पत्रकारिता क्षेत्रमाथि भएको आक्रमणप्रति आपत्ति जनाउँदै सरकारले तत्काल सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरेको छ।

गृहमन्त्री लेखकले ध्यानाकर्षण पत्र ग्रहण गर्दै उक्त घटना अराजक र नियोजित रूपमा गरिएको दाबी गरे। उनले कुनै निश्चित विचारधारा वा उद्देश्यबिना भएको हिंसात्मक झडपले सञ्चारकर्मीहरूलाई निसाना बनाएकोप्रति सरकार गम्भीर रहेको बताए। साथै, पत्रकार तथा सञ्चार गृहमाथिको आक्रमणको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?