प्रधानमन्त्री ओलीद्वारा इद उल फित्रको शुभकामना
2 दिन पहिले प्रकाशित

काठमाडौं, चैत १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व इद उल फित्रको अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत जारी सन्देशमा उनले एक महिनासम्मको रोजा व्रत पूरा भएको खुसीयालीमा मनाइने यस पर्वले प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको सन्देश दिने उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले इद पर्वले समुदायहरूबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्दै सबैलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments