भारतबाट थप ४ घण्टा बिजुली आयात गर्ने प्राधिकरणलाई अनुमति

14 दिन पहिले प्रकाशित

काठमाडौं, चैत १५ गते ।  नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गर्ने विद्युत् आपूर्ति अवधि चार घण्टा थप गरी अब दैनिक १६ घण्टा बिजुली आयात गर्न पाउने भएको छ। यसअघि प्राधिकरणले दैनिक १२ घण्टा मात्रै आयात गर्दै आएको थियो। नयाँ व्यवस्थाअनुसार शुक्रबार (चैत १६) देखि आयात समय बढ्ने भएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार नेपाली पक्षको आग्रहपछि भारतले आयात समय बढाउन सहमति दिएको हो। भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट विद्युत् आयातको अनुमति दिएको छ। यसले हालको विद्युत् आपूर्ति थप सहज हुने प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?