कुलमान घिसिङद्वारा सर्वोच्च अदालतमा पुनर्बहालीको माग गर्दै रिट निवेदन दायर

15 दिन पहिले प्रकाशित

काठमाडौं, चैत १४ गते। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले घिसिङलाई पदमुक्त गर्दै हितेन्द्र देव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

घिसिङले आफ्नो रिट निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, तथा नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई विपक्षी बनाएका छन्। उनले कुनै गल्ती वा त्रुटि नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत तरिकाले पदमुक्त गरेको जिकिर गरेका छन्। सर्वोच्च अदालत प्रशासनले शुक्रबारका लागि उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइको मिति तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?