मुग्लिन–नारायणगढ सडकखण्डमा ट्रक दुर्घटना, चालकको मृत्यु
17 दिन पहिले प्रकाशित

काठमाडौं, चैत १२ गते ।चितवनको मुग्लिन–नारायणगढ सडकखण्डस्थित चौधकिलो भन्ने स्थानमा कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। आज बिहान करिब ६:३० बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको चितवन प्रहरीले जनाएको छ।
दुर्घटनामा परी रौतहट निवासी अन्दाजी ३०-३५ वर्षीय ट्रक चालक रामनारायण यादवको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै, सहचालक १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल पठाइएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments