जनमत र नागरिक उन्मुक्ति पार्टी एकीकरणका लागि कार्यदलको पहिलो बैठक सम्पन्न

4 महीना पहिले प्रकाशित

काठमाडौं, चैत ११ गते । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण प्रक्रिया अघि बढाउन गठित कार्यदलको पहिलो बैठक बसेको छ। दुवै पक्षबीच सहमति कायम राख्दै एकीकरणको प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको हो। पार्टी अध्यक्ष, संरक्षक, सह-अध्यक्ष, चुनाव चिह्न र छाप जस्ता विषयमा प्रारम्भिक सहमति उन्मुख रहेको बैठकपछि जानकारी गराइएको छ। एक साताभित्रै धेरै विषय टुंग्याउने उद्देश्यसहित छलफल तीव्र बनाइएको छ।

एकीकरण प्रक्रिया अघि बढाउन जनमत पार्टीको तर्फबाट अब्दुल खान, डा. शरद सिंह यादव र बाल गोविन्द चौधरी कार्यदलमा छन् भने नागरिक उन्मुक्ति पार्टीको तर्फबाट गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डगौरा थारु कार्यदल सदस्य रहेका छन्। आगामी बैठकमा थप प्रगतिका विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?