टोखाबाट २० करोडभन्दा बढी रकमसहित एकजना पक्राउ

1 महीना पहिले प्रकाशित

काठमाडौं, चैत ५ गते । प्रहरीले काठमाडौंको टोखा नगरपालिका–१, झोर क्षेत्रबाट २० करोडभन्दा बढी नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले गए राति उक्त रकमसहित पक्राउ गरेको हो।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिको नाम खुलाइएको छैन, तर ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरो लगायत विभिन्न देशका मुद्राहरू बरामद गरिएको छ।

प्रहरीले उक्त रकमको स्रोतबारे अनुसन्धान अघि बढाइसकेको छ। नगद कारोबारको वैधानिकता प्रमाणित नभए थप कानूनी कारबाही गरिने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?