मकवानपुरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, चार जना घाइते

1 महीना पहिले प्रकाशित

काठमाडौं,चैत ४ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना भएको छ। काठमाडौँबाट हेटौँडा जाँदै गरेको यूपी ७० एनटी ६९१७ नम्बरको गाडी ब्रेक फेल भएर सडकको बायाँ तर्फ ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।

उक्त दुर्घटनामा परेर चार जना घाइते भएका छन्। दुर्घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। गाडीमा यात्रारत व्यक्तिहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

घाइते हुनेहरूमा भारतको उत्तर प्रदेश घर भएका ५५ वर्षीय राजकरण तिवारी, ३८ वर्षीय जीतेन्द्र प्रताप सिंह, ४४ वर्षीय अजय मिश्र र ३८ वर्षीय अभय प्रताप सिंह रहेका छन्। दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?