पहाडी र हिमाली जिल्लाहरूमा आज होली पर्व हर्षोल्लासका साथ मनाइँदै

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन २९ गते । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोकेर आउने फागु अर्थात् होली पर्व आज पहाडी तथा हिमाली जिल्लाहरूमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली हर्षोल्लासका साथ मनाइँदैछ। यस पर्वले असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा पारिवारिक एवं सामाजिक एकता सन्देश दिन्छ।

काठमाडौं उपत्यकास्थित वसन्तपुरमा सामूहिक रूपमा होली खेल्ने परम्परा रहेको छ, जहाँ नेपाली तथा विदेशी पर्यटकहरूको उत्साहजनक सहभागिता रहन्छ। फागु पूर्णिमाको यस अवसरमा एकापसमा रङ, अबिर दलेर रमाइलो गरिन्छ, साथै नाचगानमा बूढापाका, युवा र बालबालिकाको उत्साहजनक सहभागिता रहन्छ।

होली पर्वलाई सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा संयन्त्रलाई बलियो बनाएको छ। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?