निर्वाचन आयोगद्वारा लेखापरीक्षण प्रतिवेदन नबुझाउने दलहरूलाई कारबाही तयारी

2 महीना पहिले प्रकाशित

काठमाडौं, फागुन २१ गते । नेपालमा निर्वाचन आयोगमा दर्ता भएका १२१ राजनीतिक दलमध्ये ८२ दलहरूले समयमै लेखापरीक्षण प्रतिवेदन बुझाएका छन् भने ३२ दलहरूले नबुझाएको पाइएको छ। आयोगकी प्रवक्ता निता पौडेल अर्यालका अनुसार, प्रतिवेदन नबुझाउने दलहरूलाई कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

कानूनी व्यवस्था अनुसार, आर्थिक वर्ष सकिएको ६ महिनाभित्र दलहरूले आय र व्ययसम्बन्धी लेखापरीक्षण प्रतिवेदन आयोगमा बुझाएर सार्वजनिक गर्नुपर्ने हुन्छ। यस नियमको उल्लङ्घन गर्ने दलहरूलाई आयोगले स्पष्टीकरण सोध्ने र आवश्यक कारबाही गर्ने गरेको छ।

आयोगमा बुझाइएको विवरण अनुसार, नेकपा एमाले सबैभन्दा धनी र नाफामा रहेको दलका रूपमा देखिएको छ। उक्त दलले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख ५ हजार रुपैयाँ आम्दानी र ७ करोड ८५ लाख रुपैयाँ खर्च गरेको जनाएको छ। यसैगरी, नेपाली कांग्रेसले २ करोड ३२ लाख रुपैयाँ घाटा बेहोरको प्रतिवेदन पेश गरेको छ। नेकपा (माओवादी केन्द्र) ले १ करोड ८६ लाख ५३ हजार रुपैयाँ आम्दानी र ५३ हजार रुपैयाँ घाटा देखाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ३ करोड ८० लाख रुपैयाँ आम्दानी र ६ करोड ५० लाख खर्च भएको प्रतिवेदन पेश गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?