पर्वतको बिहादी गाउँपालिकामा बोलेरो जीप दुर्घटना: दुईको मृत्यु, सात घाइते

2 महीना पहिले प्रकाशित

काठमाडौं, फागुन २१ गते ।  पर्वत जिल्लाको बिहादी गाउँपालिका–६ लिदीमा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। लु१ज ४४६० नम्बरको जीप गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए।

घाइतेमध्ये छ जनालाई उपचारका लागि पाल्पा लगिएको छ भने एक बालकको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?