सिन्धुपाल्चोकमा ६.१ म्याग्निच्युडको भूकम्प, सामान्य क्षति
2 महीना पहिले प्रकाशित

काठमाडौं, फागुन १६ गते ।सिन्धुपाल्चोक जिल्लामा शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ, जसको केन्द्रबिन्दु भैरवकुण्ड आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जारी गरेको विज्ञप्तिमा मानवीय क्षति नभएको र भौतिक क्षति पनि सामान्य रहेको उल्लेख छ।
भूकम्पको समयमा आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएका थिए, जसलाई उपचारपछि डिस्चार्ज गरिएको छ। साथै, इलाका प्रहरी कार्यालय गोदारीको भवनमा चिरा परेको र भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको जानकारी प्राप्त भएको छ।
जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा टोलीहरू बाहिर परिचालन गरी अनुगमन कार्य जारी राखिएको छ। यद्यपि, भूकम्पको असरले विभिन्न स्थानहरूमा सुख्खा पहिरो र सडक माथिबाट ढुङ्गा खस्ने जस्ता जोखिम हुनसक्ने भएकाले जिल्ला प्रशासन कार्यालयले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments