सामाजिक सञ्जाल र मिडिया विधेयक विरुद्ध माइतीघरमा प्रदर्शन
2 महीना पहिले प्रकाशित

काठमाडौं, फागुन १५ गते । सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० को विरोधमा प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। यी विधेयकहरू प्रेस स्वतन्त्रता विरोधी रहेको भन्दै समिति आन्दोलित बनेको हो।
बबरमहलबाट र्याली निकाल्दै प्रदर्शनकारीहरू माइतीघर मण्डला पुगेका थिए। उनीहरूले राष्ट्रियसभामा पेस गरिएका विधेयकहरू प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने उद्देश्यले आएको दाबी गर्दै विरोध जनाएका छन्। प्रदर्शनमा सहभागीहरूले विभिन्न प्लेकार्डसहित नाराबाजीसमेत गरेका थिए।
प्रदर्शनकारीहरूले सरकारलाई विधेयकहरू फिर्ता लिन आग्रह गरेका छन्। उनीहरूको भनाइमा, यस्ता कानुनी व्यवस्थाले स्वतन्त्र पत्रकारिता खतरामा पार्नेछ र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गर्नेछ। पत्रकारहरूको हकहित संरक्षणका लागि आवश्यक परे थप आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ।
कमेन्ट गर्नुहोस्
view comments