ट्रम्प प्रशासनद्वारा युएसएडमा व्यापक कर्मचारी कटौती
3 महीना पहिले प्रकाशित

काठमाडौं,फागुन १२ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) का अधिकांश कर्मचारीलाई बिदामा पठाएको छ भने कैयौंलाई जागिरबाटसमेत निकालेको छ। युएसएडका ४ हजार २ सय कर्मचारीलाई बिदामा पठाइएको छ भने १ हजार ६ सय कर्मचारीलाई जागिरबाटै निकालिएको छ। हालसम्म कति कर्मचारीलाई फिर्ता बोलाइनेछ भन्ने स्पष्ट भइसकेको छैन।
ट्रम्प प्रशासनले एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग (डाज) को योजना अन्तर्गत संघीय कर्मचारीहरूको संख्यामा कटौती गर्ने प्रयास गरिरहेको छ। यसै क्रममा युएसएडको विघटन गर्ने योजना प्रस्तुत गरिएको छ, जसमा हजारौं कर्मचारीमध्ये तीन सयभन्दा कमलाई मात्र राख्ने प्रस्ताव गरिएको छ। यसले विश्वभरका अमेरिकी सहायता परियोजनाहरूमा ठूलो प्रभाव पार्नेछ।
यस कदमको विरुद्धमा संघीय श्रमिक संघहरूले ट्रम्प प्रशासनको यो योजनालाई गैरकानूनी भन्दै संघीय अदालतमा मुद्दा दायर गरेका छन्। उनीहरूको तर्क छ कि राष्ट्रपति ट्रम्पलाई कंग्रेसको कानुनमा निहित एजेन्सी बन्द गर्ने अधिकार छैन। यस विवादका बीच, युएसएडका बाँकी कर्मचारीहरूमा भविष्यप्रति अन्योलता बढेको छ।
कमेन्ट गर्नुहोस्
view comments