सशस्त्र प्रहरी इन्स्पेक्टर सन्तोषी महतको मृत्युदरमा छानबिन समिति गठन

3 महीना पहिले प्रकाशित

काठमाडौं,फागुन १२ गते । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महत पोखरास्थित तालिम केन्द्रको शौचालयमा शनिबार राति झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। उनी सिन्धुपाल्चोककी निवासी हुन् र २०७२ सालमा सिपाहीबाट सशस्त्र प्रहरीमा भर्ती भएकी थिइन्। पछिल्लो समय उनले इन्स्पेक्टरको पदमा नाम निकालेकी थिइन्।

घटनाको अनुसन्धानका लागि राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थका डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिलाई घटनाबारे छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ।

परिवारका अनुसार, सशस्त्र प्रहरीकै एक सिनियर इन्स्पेक्टरसँगको सम्बन्धका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ। यसबारे पनि समितिले अनुसन्धान गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?