"नेपालीको सम्मान जोगाउनुस्" – मेयर बालेनको प्रधानमन्त्री ओलीसँग आग्रह

3 महीना पहिले प्रकाशित

काठमाडौं, फागुन ९ गते ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै विदेशी राष्ट्रहरूबाट बारम्बार अपमानित भएको सन्दर्भ उठाउँदै नेपालीको रूपमा बाँच्न सक्ने आधार बनाइदिन अनुरोध गरेका छन्। उनले आफ्नो मेयर पदको पहिचानभन्दा माथि उठेर एक सामान्य नेपाली नागरिकको हैसियतले यो भावना व्यक्त गरेका हुन्।

सामाजिक सञ्जालमा उनले लेखे, "प्यारो प्रधानमन्त्री ज्यु, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो, चीनले मान्छे गन्दैन। मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस्।" उनको यो मार्मिक आग्रहले राष्ट्रिय अस्मिता र नागरिकको आत्मसम्मानको प्रश्नलाई प्रमुख रूपमा उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?