प्रकृति लम्सालका लागि न्यायको माग गर्दै नेविसंघको प्रदर्शन

6 महीना पहिले प्रकाशित

काठमाडौं, फागुन ६ गते । भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालका लागि न्यायको माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बागबजारमा दबाबमूलक प्रदर्शन गरेको छ। पद्म कन्या क्याम्पसमा अध्ययनरत नेविसंघका नेता तथा विद्यार्थीहरूले ‘Justice for Prakriti Lamsal’, ‘बोल्न देऊ सरकार’, ‘सुरक्षा अधिकार हो, विशेष अधिकार होइन’ जस्ता प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन्।

बुटवलकी २० वर्षीया लम्साल आइतबार मृत भेटिएकी थिइन्। सोही कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरूले मानसिक यातनाका कारण उनको मृत्यु भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्दै आन्दोलनरत छन्। प्रदर्शनकारीहरूले सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गर्दै नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि ठोस कदम चाल्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?