भारतमा मृत्यु भएकी छात्रा प्रकृति लम्साललाई न्याय दिलाउन राष्ट्रिय सभाको ध्यानाकर्षण

3 महीना पहिले प्रकाशित

काठमाडौं, फागुन ६ गते । राष्ट्रिय सभाले भारतमा रहस्यमय रूपमा मृत्यु भएकी नेपाली छात्रा प्रकृति लम्सालको घटनामा सत्यतथ्य छानबिन गरी न्याय सुनिश्चित गर्न सरकारलाई गम्भीर कूटनीतिक पहल गर्न आग्रह गरेको छ। मंगलबारको बैठकमा सभाका अध्यक्ष नारायण दाहालले भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डष्ट्रियल टेक्नोलोजीमा अध्ययनरत लम्सालको मृत्युले गहिरो चिन्ता उत्पन्न गराएको उल्लेख गर्दै यस घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसदहरूले बैठकमा नेपाली विद्यार्थीहरूको सुरक्षाका विषयलाई प्राथमिकताका साथ उठाएका थिए। अध्यक्ष दाहालले नेपाल सरकारलाई भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक पहल गर्न र शिक्षाका लागि जाने नेपाली छात्रछात्रालाई सुरक्षित वातावरणमा अध्ययन गर्न पाउने व्यवस्था मिलाउन आग्रह गरे। साथै, सरकारलाई नेपाली विद्यार्थीहरूको हकहित र सुरक्षाका लागि आवश्यक कूटनीतिक पहल गर्न तत्पर रहन पनि अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?