नारायणगढ–मुग्लिन सडकमा बस दुर्घटना, २५ जना घाइते

3 महीना पहिले प्रकाशित

काठमाडौं, माघ २७ गते । मुग्लिन सडकखण्डको सेतीदोभानमा आइतबार बिहान ४:३० बजे नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। बस पुलबाट करिब २० मिटर तल खोल्सीमा खसेको थियो। घाइतेहरूलाई चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएको छ।

 

प्रहरीका अनुसार बसको टायर पञ्चर भई अनियन्त्रित हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बसमा २९ जना यात्रु सवार थिए। घाइतेहरूको उपचार भइरहेको छ भने अन्य यात्रु सकुशल छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?